Pages

Friday, February 17, 2017

गजल जैविक विविधता अपार छ एशियामा ; श्रोत र साधनको भण्डार छ एशियामा । (१) भाषा, धर्म, संस्कृतिको उद्गम खोज्दै जाँदा, प्राचिनतम बलियो आधार छ एशियामा । (२) किन गरिब हुदै छौ, दिनप्रतिदिन हामीहरु ? राजनितिको धृणित ब्यापार छ एशियामा । (३) माल पाएर चाल नपाउने,हुस्सु बन्नु परेको छ ; शोषक र शोषितहरुको ससार छ एशियामा । (४) कस्तुरीको खोजीमा भौतारिने मृगझै छौ हामी ; विशाल ,कृत्रिम र अनौठो विकार छ एशियामा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन ७ गते, २०७३ साल

No comments:

Post a Comment