Pages

Monday, November 3, 2014

गजल थाहा छैन, साथी को बन्छ, जिन्दगीमा; कहिले कस्ले, मन छुन्छ ,जिन्दगीमा । (१) चाहेझै सुखद कहाँ हुन्छ र ? सफर ; निमेषमै बन्छ, बिग्रन्छ , जिन्दगीमा । (२) हिसाब-किताब, मायामा'नि लागु भए; घाटै-घाटाको बज्र, बज्रन्छ जिन्दगीमा । (३) नेताको नाराको, पारामा लाग्यौ भने ; थाहा छैन के-कस्तो, हुन्छ जिन्दगीमा । (४) त्रसित हुनु किन , भविष्यको त्रासले सधै ; चाल्दै जाऊ कदम, स्वच्छन्द जिन्दगीमा । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते
< गजल दोष कस्को ? समयको, वा शहरको थियो; सामिप्य तिम्रो, वा आफ्नै नजरको थियो। (१) कडा थियो छाती, तथापि कम्पन छुट्यो ; असर तिम्रो नजरभित्रको, जहरको थियो । (२) बेकाबु आफैमा छु , तर काबुमा तिम्रो भएँ ; दोष तिम्रो, अरुको वा मेरै रहरको थियो। (३) पानी-पानीझै तरल, र हावाझै फिरग्ङी बनें; खोट दुनियाको, वा आफ्नै ठहरको थियो। (४) सारै नजिक रहेर पनि, प्यासी रह्यौ ; नाता नदी तथा, सुख्खा बगरको थियो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १८ गते

Saturday, November 1, 2014

गजल काम केही हुन्त्यो होला,त्यो गिदीमा केही भए ; सरकारको लेनदेन , झोपडीमा केही भए । (१) केका लागी पठाएको, केको लागी तिमी गयौ, एकपटक सम्झि दिनु, खोपडीमा केही भए । (२) केको भुत्रो राजनिति? म त भन्छु फटाही हो ; हेरौ तिम्रो काम राम्रो, जिन्दगीमा केही भए । (३) दलको बल लगाएर , अत्याचार गरेका छौ ; देखिने छ देखाउनु , डकैतीमा केही भए । (४) तिमी जस्ता लुटेरा त, कति आए कति गए; देखाउनु लुट बाहेक , ढुकुटीमा केही भए । (५) तिम्रो अन्त्य छिटै हुन्छ, अपराधी गनिने छौ ; हामी सब्लाई देखाउनु , सफाईमा केही भए । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १३ गते
गजल बाहिरी छन जिउनुका, बेग्लै कित्ताहरु ; तर भित्र जिन्दगीका वास्तविकताहरु; (१) हुने गर्छन साहसीको, छातीभित्र पनि ; बेदना र भावनाका, बिविधताहरु । (२) बाँच्नु पनि किन-किन, अन्योलझै भा'छ; पढ्दा पनि जति सुकै, बेद -गिताहरु। (३) यो राष्ट्रको भविश्य भो, किन अलपत्र ; जस्कालागी जलाईयो, कैयन चिताहरु । (४) रावणहरु बनाईए, सधै हर्ता-कर्ता ; सडकतिर मिल्केकाछन राम सिताहरु । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक १६ गते

Saturday, October 25, 2014

गजल देशमा भिषण पहिरो र भेल छ अचेल; भष्ट्रहरुको शासन र चलखेल छ अचेल । (१) कस्लाई वास्ता छ ? राष्ट्र र राष्टि्यताको ; भागबण्डामा दलहरुको मेल छ अचेल । (२) झण्डावाल गाडीमा ,हिड्ने गर्छन भष्ट्हरु; निर्धा र निर्दोषलाई मात्र, जेल छ अचेल । (३) स्वदेशी उत्पादनहरु, ओरालो लागेका छन; आयातित बस्तुहरुकै, ठेलम्ठेल छ अचेल । (४) दलाल र धुर्तहरुनै अगाडी छन, यो देशमा ; ईमान्दार र परिश्रमी सधै , फेल छ अचेल । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, कार्तिक ९ गते

Friday, September 26, 2014

गजल छिनमै बदलिने दुनियाको, रित छ आलभोली ; यात्रा जारी, यात्रु भने , थकित छ आलभोली । (१) दुई नम्मरीकै जग्जगी छ , शहर र बस्तीहरुमा ; एक नम्मरको सेरोफेरोनै, बर्जित छ आजभोली । (२) पाखा पारिएका छन, सोझो काम गर्नेहरु बिचरा ! सत्यमाथी असत्यको सधै , जित छ आजभोली । (३) कर्णप्रिय स्वर लहरीहरु, हराउन थालेका छन ; बम जस्तो समकालिन, संगीत छ आलभोली । (४) यहाँसम्मस पुग्नु पर्‌यो, नियतिले जिन्दगीमा । लिलाममा राखिएको , मेरो प्रित छ आजभोली । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, आश्विन १० गते
गजल तिमीलाई सम्झी आँसु, खसाल्या'छू मैले ; ससम्मान ह्रदयमा , बसाल्याँ'छु मैले । (१) जैले पनि जहाँ पनि, तिम्रै नाम जप्छु; पुजा गर्ने यस्तै जुक्ति, निकाल्याँ'छु मैले। (२) बाधाहरु हजार छन्, हाम्रो बाटो छेक्ने ; बिद्रोहको रातो झण्डा, उचाल्याँ'छु मैले। (३) जे'नि गर्छु, परे मर्छु, तिम्रोलागी म त ; माया गर्ने यस्तै रित, बसाल्याँ'छु मैले । (४) पवित्रता कायम राखी, प्रेम-पुजा गर्छु ; मनका राग-द्वेषहरु, पखाल्याँ'छु मैले । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, भाद्र २३ गते