Pages

Saturday, June 15, 2019

जे गर्दा,नि उसको मनमा बस्नै सकिएन ;
मुल ढोका खोली भित्र , पस्नै सकिएन ।
(1)
भन्ने गर्थि तिमिलाई , दिल दिएकी छु ;
कतिवटा दिल रै,छन्, बुझनै सकिएन ।
(2)
आजभोलि देखिदै छ , पराईको पारा ;
यस्तो पनि होला भनि , सोच्नै सकिएन ।
(3)
के के कुरा लुक्दो रै,छ , चिप्लो बोली भित्र ;
भन्ने कुरा पुर्वानुमान , गर्नै सकिएन ।
(4)
स्वभावको खेल हो की ? खेल समयको ;
छुट्याउन कुनै कसि ,कस्नै सकिएन ।

जेठ 32 गते, 2076 साल
बिरेन्द्रनगर्-1, सुर्खेत

Thursday, June 6, 2019

कसैको शरिरमा किमति सारी छ आज ;
कसैको मुहारमा फुलेको दारी छ आज ।
(1)
कोही आफ्नो दिल लुटाएर कङ्गाल छ ;
उ दिल बेच्न सिपालु ब्यापारी छ आज ।
(2)
कर्मको खेल हो जिन्दगानि , बाच्नै पर्छ ।
सहयात्री नदीको वारी -पारि छ आज ।
(3)
पस्यो जिवनमा , समयको आधि -वेहरी ;
मरुभुमिको यात्राको , तयारी छ आज ।
(4)
साझा गन्तव्य छ हाम्रो , भन्ने गर्थौ तिमी ;
गन्तब्य बिहिन सफर , जारी छ आज ।

जेठ 23 गते 2076 साल
आनन्दबस्ति , ललितपुर



Wednesday, June 5, 2019

छिनमै यहाको मौसम , बदलिन्छ
याद राख्नुस ;
मौसमझै बानिले,नि , दुख दिन्छ याद राख्नुस ।
(1)
सुखमा असन्ख्य साथि , गनेर साध्य छैन ;
आपत बिपतमा साथि , चिनिन्छ याद राख्नुस ।
(2)
सारै नजिकको ठानि , मनपेट दिन्छौ हामी ;
उही विरोधी ठूलो , भै दिन्छ याद राख्नुस ।
(3)
सर्वस्व आफ्नो दिन्छौ, विश्वासले जितेर ;
विश्वासमा पहिरो , गैदिन्छ याद राख्मुस । (४.)
तिमी बिना यो जगमा , सक्दैन बाच्न भन्ने ;
खवर बिनै बिरनो , भै दिन्छ याद राख्नुस ।

जेठ 22 गते, 2076 साल
आनन्दबस्ति, ललितपुर










Sunday, May 26, 2019

सबै नै काला रै ,छन , देखिने सेताहरू ;
बिक्रिमा राखेका छन , स्वदेशका जेथाहरु ।
(1)
विकाश गर्छु भन्छन्, आफै डकैति गर्ने ;
निर्धक्क चोरी गर्छन्, दरबार क्रेताहरु ;
(2)
गुमाए ज्यान जसले , बेनाम छन अहिले ;
कर्मका चोर लम्पट , भा,छन विजेताहरु ।
(3)
जिवन बिलासि रोज्ने, कमनिस्ट नेता बने ;
कुन मुखले हो बोल्ने , स्वराश्ट्र बिक्रेताहरु ।
(4)
उपदेश बाड्दै हिड्ने, उखान बोल्दै हिँड्ने ;
कामको नाममा शुन्य, यो देशका नेताहरु ।



Thursday, May 23, 2019

आफ्नै राजिखुसिले आफ्नै अस्तित्व भुल्नु हो बिहे ;
कुकुर र बिरालोलाई एउटै खोरमा हुल्नु हो बिहे ।
(1)
एक हैन सात -सात जन्मको साथको हवाला दिदै ;
पुर्व जन्मको ऋणको , पाई- पाई असुल्नु हो बिहे ।
(2)
अनौठो चलन चलाए हाम्रा बाबु बाजेहरुले पनि ;
बाजा गाजा सहित घरमा एटम बम हुल्नु हो बिहे ।
(3)
समयको परिबन्दले सम्झौता गरे के लाग्दो रै,छ ;
माइतिघर र पशुपति बीचको यात्री भै भुल्नु हो बिहे ।
(4)
वास्तविक प्रेम के हो कहिल्यै अर्थ बुझ्न नसक्दा;
जिवनभर तितो र मिठो स्वादमा झुल्नु हो बिहे ।
(5)
कहिले त सुखका दिन पनि फिर्ने छन सोच्दै ;
मात्र घाटै घाटाको ठेक्का , कबोल्नु हो बिहे ।

बैशाख 14 गते , 2076 साल








सम्बन्धको दुनियालाइ कि त आबाद नगर ;
आबाद भा,को हरियालि , त्यसै बर्बाद नगर ।
(1)
सक्छौ भने बिर्सि दिनु , विगतलाई पुरै ;
सपनामा पनि कहिल्यै , फेरी याद नगर ।
(2)
खेलौना त कहाँ हो र, दिल त मेरो हजुर ;
स्व-स्वार्थको कुतर्कले , ब्यर्थ विवाद नगर ।
(3)
भलाई अरुको गर्न , सक्दैनौ भने पनि तिमी ;
मुटु रेटी ज्युदै मार्ने , तुछ्य अपराध नगर ।
(4)
नचलाउ शब्दवाण ,मुटुभित्र च्वास्स गड्ने ;
सुनाउने नियत राखि , रुखो
सम्बाद नगर ।

जेठ 2 गते 2076 साल
बिरेन्द्रनगर , सुर्खेत













लाईक पनि आयो अनि कमेन्ट आयो ;
ह्र्दयभित्र लुकेको, सेन्टिमेन्ट आयो ।मसङ मेरो तक्दिर , यसरी किन तर्कि रहेछ ;
आउदैनौ तिमी , तिमितिरनै यो मन फर्खि रहेछ ।

(1)
सुकोमल कोपिला प्रेमको , फक्रन लागेको बेला ;
निर्दयि बन्दै समय , मन्द विष छर्कि रहेछ ।

(2)
हिसाब के गर्नु र हिजोको , आजको दिनमा ;
जिन्दगी दिन्-प्रतिदिन , निशब्द घर्कि रहेछ ।
(3)
नरुनु आसुको मूल्य पानिझै बनेको बेला ;
साउनको बादल उनमत्त भै , दर्कि रहेछ ।

(4)
बेकार छ नटोलाउ , अतित्त सम्झेर
ए ! मित्र ;
जिवनको अन्तिम यात्राले हामिलाइ पर्खि रहेछ ।




(1)
लागछ रहेछ बाकि अझै मनभित्र तरलता ;
त्यसैले मलाई सन्देश यो , अरजेन्ट आयो ।

(2) शेरहरु ज- जसलाई लच्छित थिए ;
उनिहरुको रेसपोन्स केही परसेन्ट आयो ।
(3)
दैवी प्रकोप पस्छ , सधैं गरिबको घरमा ;
धनीको घरमा त्रिपाल आयो, टेन्ट आयो ।
(4)
धेरै गाडीहरु गुडे धुलाम्मे सडक भरी ;
हेर्नुस यसरी देशमा , डेभलपमेन्ट आयो ।

आनन्दबस्ति ललितपुर
बैशाख 26, 2075 साल