Pages

Tuesday, October 17, 2017

गजल सिक्ने कम, सिकाउने धेरै भए ; पठाउने कम, झिकाउने धैरे भए . (१) देशमा दल त कति छन कति, मिल्ने कम, बिझाउने धेरै भए . (२) कपुत र सपुत क-कसलाई भनु, कमाउने कम, उडाउने धेरै भए . (३) कस्को के नीति उनिहरुनै जानुन, देशको पहिचान मेटाउने धेरै भए . (४) सही ,गलत, कसलाई के मतलब, होमा हो मिलाउने धेरै भए . (५) दुष्टहरुको आखामा परेको छ देश; सचेत कम , निदाउने धेरै भए . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ४, २०७३
गजल सिक्ने कम, सिकाउने धेरै भए ; पठाउने कम, झिकाउने धैरे भए . (१) देशमा दल त कति छन कति, मिल्ने कम, बिझाउने धेरै भए . (२) कपुत र सपुत क-कसलाई भनु, कमाउने कम, उडाउने धेरै भए . (३) कस्को के नीति उनिहरुनै जानुन, देशको पहिचान मेटाउने धेरै भए . (४) सही ,गलत, कसलाई के मतलब, होमा हो मिलाउने धेरै भए . (५) दुष्टहरुको आखामा परेको छ देश; सचेत कम , निदाउने धेरै भए . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ४, २०७३
गजल यसो हेर्दा सरल जस्तो; बहावमा तरल जस्तो ; तिम्रो माया किन होला, बालुवाको महल जस्तो । (१) कुनै फरक कहाँ छ र ? नयाँ होस वा पुरानोमा ; यस्तो लाग्छ यो माया’नि , एकोहोरो पहल जस्तो । (२) चस्स-चस्स बिझी राख्छ, मेरो माया ह्रदयमा ; सधै बाजी हारी राख्ने, चिडियाको नहल जस्तो। (३) कुनै कुरा किन होला, प्यारो लाग्ने बिझाउँदा ; मदिराको मातकोझै , केही रहल-पहल जस्तो। (४) हुनु पर्छ चाहनामा, गहनता र पवित्रता ; नहोस प्रेम भिखारीझै, चाकरी र टहल जस्तो । रचना: यज्ञ प्रसाद गिरी अनन्दबस्ती ललितपुर श्रावन १९ गते, २०७४ साल

Sunday, September 24, 2017

गजल असल भनिनेको, मन कालो छ; पाईला-पाईलामा, भ्रमको जालो छ । (१) यो जिन्दगी, बुझी नसक्नु रै'छ हजुर; नरम मखमलमा, भाग्रोको टालो छ . (२) कसले बुझ्न सक्यो र ? समयको खेल : हिजो थियो उसको, आज तिम्रो पालो छ ।. (३) सुखको दौडमा सबै, तर सुखी तिनै छन्; ज- जसको ह्रदयमा सधैं उज्यालो छ । (४) कहानी उस्तै हुन्छ,, सबैको जिवनको ; आशा-निराशा, बेदनाको संगालो छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल, मँसिर १ गते

Sunday, September 3, 2017

गजल गर्न अझै बाँकी रह्यो, युद्ध आफैसित ; नबुझेरै बन्दै हिड्छौं क्रुध्द, आफैसित । (१) सबैतिर अशान्ति छ, शान्ति कतै छैन ; हुँदा-हुँदै बिर्सि दियौ , बुद्ध आफैसित । (२) किन बित्था अरुलाई, औला ठड्याउँने , जाँचौ मन छ कि छैन, शुद्ध आफैसित । (३) बेकार छ दुनियाको, दोष खोजी हिड्नु ; लुकाएर वासनाको , गिद्ध आफैसित । (४) अभिलाषा जिवनको, धन्य पार्ने भए; हुर्काउन सक्नु पर्छ , सिद्ध आफै सित । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर १८ गते, २०७१ साल

Sunday, August 6, 2017

गजल बुझियो, कस्ले लगाउँछ, मालाहरु नेपालमा ; को को रहेछन मनका, कालाहरु नेपालमा । (१) देशमा योग्यहरुको अनिकाल, भएझै गर्दै; टाँसिए मखमल्मा भाग्ङ्राका, टालाहरु नेपालमा । (२) कस्ता-कस्ता खबरहरु, सुन्न परेको छ आजभोली ; नाग्ङिगै छन स्वघोषित, ठुला-ठालाहरु नेपालमा । (३) दिदी बहिनी दाजु –भाईहरु सचेत हुनुस; क-कस्ले बोकेका छन, भालाहरु नेपालमा । (४) वास्ता नगर्दा मिल्किए टोल-छिकेकका मणिहरु; दुषित राजनितिले , देशका उज्यालाहरु नेपालमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबसती , ईमाडोल -९ ललितपुर

Thursday, August 3, 2017

गजल कोही निश्कपट राम छन, यसै समाजमा ; कोही निकै बदनाम छन् , यसै समाजमा . (१) स्वार्थीहरुको दस्ता, भेटिन्छन सबैतिर ; हजुर ! बोकोहराम छन्, यसै समाजमा . (२) चोरी, लुट र ठगी पेशाका , यी छद्मभेषीहरु ; छरियका हरेक ठाम छन्, यसै समाजमा . (३) पत्याउनै गाह्रो पर्ने छ, गन्हायको देखेर; कैयन ठुला नाम छन, यसै समाजमा . (४) आफूलाई बिकाशका ठेकदार ठानेता पनि; अग्रगमनका जाम छन् , यसै समाजमा . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस १३, २०७३ साल