गजल
बुझियो, कस्ले लगाउँछ, मालाहरु नेपालमा ;
को को रहेछन मनका, कालाहरु नेपालमा ।
(१)
देशमा योग्यहरुको अनिकाल, भएझै गर्दै;
टाँसिए मखमल्मा भाग्ङ्राका, टालाहरु नेपालमा ।
(२)
कस्ता-कस्ता खबरहरु, सुन्न परेको छ आजभोली ;
नाग्ङिगै छन स्वघोषित, ठुला-ठालाहरु नेपालमा ।
(३)
दिदी बहिनी दाजु –भाईहरु सचेत हुनुस;
क-कस्ले बोकेका छन, भालाहरु नेपालमा ।
(४)
वास्ता नगर्दा मिल्किए टोल-छिकेकका मणिहरु;
दुषित राजनितिले , देशका उज्यालाहरु नेपालमा ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबसती , ईमाडोल -९
ललितपुर
No comments:
Post a Comment