गजल
असल भनिनेको, मन कालो छ;
पाईला-पाईलामा, भ्रमको जालो छ ।
(१)
यो जिन्दगी, बुझी नसक्नु रै'छ हजुर;
नरम मखमलमा, भाग्रोको टालो छ .
(२)
कसले बुझ्न सक्यो र ? समयको खेल :
हिजो थियो उसको, आज तिम्रो पालो छ ।.
(३)
सुखको दौडमा सबै, तर सुखी तिनै छन्;
ज- जसको ह्रदयमा सधैं उज्यालो छ ।
(४)
कहानी उस्तै हुन्छ,, सबैको जिवनको ;
आशा-निराशा, बेदनाको संगालो छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल, मँसिर १ गते
No comments:
Post a Comment