Pages

Tuesday, October 17, 2017

गजल सिक्ने कम, सिकाउने धेरै भए ; पठाउने कम, झिकाउने धैरे भए . (१) देशमा दल त कति छन कति, मिल्ने कम, बिझाउने धेरै भए . (२) कपुत र सपुत क-कसलाई भनु, कमाउने कम, उडाउने धेरै भए . (३) कस्को के नीति उनिहरुनै जानुन, देशको पहिचान मेटाउने धेरै भए . (४) सही ,गलत, कसलाई के मतलब, होमा हो मिलाउने धेरै भए . (५) दुष्टहरुको आखामा परेको छ देश; सचेत कम , निदाउने धेरै भए . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ४, २०७३

No comments:

Post a Comment