Pages

Tuesday, October 17, 2017

गजल यसो हेर्दा सरल जस्तो; बहावमा तरल जस्तो ; तिम्रो माया किन होला, बालुवाको महल जस्तो । (१) कुनै फरक कहाँ छ र ? नयाँ होस वा पुरानोमा ; यस्तो लाग्छ यो माया’नि , एकोहोरो पहल जस्तो । (२) चस्स-चस्स बिझी राख्छ, मेरो माया ह्रदयमा ; सधै बाजी हारी राख्ने, चिडियाको नहल जस्तो। (३) कुनै कुरा किन होला, प्यारो लाग्ने बिझाउँदा ; मदिराको मातकोझै , केही रहल-पहल जस्तो। (४) हुनु पर्छ चाहनामा, गहनता र पवित्रता ; नहोस प्रेम भिखारीझै, चाकरी र टहल जस्तो । रचना: यज्ञ प्रसाद गिरी अनन्दबस्ती ललितपुर श्रावन १९ गते, २०७४ साल

No comments:

Post a Comment