Pages

Wednesday, February 12, 2014

गजल तिम्रो रुप तिम्रो यौवन, क्या बबाल छ ; त्यस्मा चपलता झन, क्या बबाल छ । (१) तिम्ले हास्दा सयौ फूल, ढकमक फुल्छन, चुम्बकिय छ चितवन, क्या बबाल छ । (२) नलोभिने को होला र? हाउ-भाउ हेर्दा ; मधुर घुनको गुन्जन, क्या बबाल छ । (३) मादक चाल हेर्दा लाग्ने, हंसिनीको जस्तो ; आनायास बढ्छ धडकन, क्या बबाल छ । (४) आँखाबाट ह्रदयमा, सुस्त छिर्ने बानी ; मृगका जस्ता नयन, क्या बबाल छ । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ २३, २०७० साल

Saturday, February 1, 2014

गजल उर्लिएको जवानीको पानी स्वच्छ खोलीमा’ आँखामा छ नशा गाढा, बड्दो जादु बोलीमा। (१) कम्मरको मर्काई र, चपलता छ चालमा ; लाग्छ अब केही हुन्छ छिट्टै आजभोलीमा। (२) छरिदै छ मादक महक, फक्रिएको फूलझै ; सृष्टीको वरदान आज पर्छ कस्को झोलीमा । (३) चन्द्र जस्तो मुहारमा, गुलाबीपन मिसिएझै ; केही कुरा लुके जस्तो, अर्थपुर्ण परेलीमा । (४) आकर्षण र समर्पणका अनेक कुरा खेलाउदै ; चड्न आतुर देखिएकी,सपनीको खटौलीमा । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल
गजल मलाई तिम्रो सामिप्यता सबै भन्दा माथी भा’छ; अतितको याद पनि जिन्दगीको साथी भा’छ । (१) तिम्रो भन्दा बढी माया गर्छु भनि म भन्दिन ; मेरो माया मानो भए, तिम्रो माया पाथी भा’छ । (२) तिम्रो प्रेम तिम्रो निष्ठा पुजातुल्य बनेको छ ; समयको कसौटीमा सधै माथि-माथि गा’छ। (३) जिन्दगानी संधर्ष हो, स्विकारेर बाच्नु पर्छ ; कैले खुला दिन जस्तो कैले कालो रात भा’छ । (४) यस्तो लाग्छ तिम्रो सृष्टी मेरै लागी गरिएको; तिमी हुनु मेरोलागी, जाति भन्दा जाती भा’छ । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल
गजल चनाखो भै चिन्नु पर्छ, बनावटी कुराहरु ; चिप्लो बोल्नेहरुलेनै, रोप्ने गर्छन छुराहरु । (१) सारै असल भए जस्ता, स्वार्थपुर्ति हुँदासम्म; नभए उनी नै झिक्ने, बाङ्गा-बाङ्गा कुराहरु । (२) बुझि सक्नु कहां छ र दलालको कुटिलता; सधै अन्यायमा पर्छन, निमुखा टुहुराहरु । (३) ठान्ने गर्छन आफैलाई,ठुलो मान्छे यो देशका; यथार्तमा यिनै भा’छन, देशका भतुवाहरु । (४) तह लगाउनै पर्छ, देशद्रोही छानी-छानी ; कम्मर कसी लाग्नु पर्छ, समाजका शुराहरु । रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल
गजल जस्तो आफु हुर्किएको, गाँउ प्यारो लाग्छ ; आफ्नै हुदाँ त्यस्तै तिम्रो, नाँउ प्यारो लाग्छ । (१) पुरानो छ बर्षौ-बर्ष, हाम्रो चिनाजानी ; हामी बिच मित्रताको, साँउ प्यारो लाग्छ । (२) हरेक पल हरेक क्षण, हरेक परिस्थिति ; तिमिसंग बिताएको ठाँउ प्यारो लाग्छ । (३) तिमी मात्रै ब्याप्त लाग्ने, मनभित्र मेरो; तिम्रोलागी बल्झिएको, घाउ प्यारो लाग्छ । (४) खोतलेर मन मेरो, बुझी जिस्किएर ; जानी-जानी बढाएको, भाउ प्यारो लाग्छ। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १८, २०७० साल

Tuesday, January 28, 2014

गजल बुझ्नै गाह्रो भयो गाँठे, फोटो किन हराउँछ ; फोटो हराउँने ब्यक्ति, उफ्री-उफ्री कराउँछ । (१) कि भएको लुकाउँछ, नभएको देखाउँछ ; कि त आफू आफैदेखि भित्र-भित्रै डराउँछ। (२) सद्दे कान छँदा-छदै,कुद्नु कौवा पछि किन; मान्छे किन गुदी भन्दा, बोक्रा मन पराउँछ? (३) बुझ्नु पर्ने आफैलाई, तथा आफ्नै परिस्थिति; आँङ आफ्नै कन्याएर, धुलो किन उडाँउछ ? (४) हेपी आफ्नै संस्कृति, भुली मुल्य र मान्यता; हामीलाई यो सोचले ,कुन स्वर्गमा पुर्याउँछ ? रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १५, २०७० साल

Sunday, January 26, 2014

गजल यो मन पनि अनौठो छ, भित्र-भित्रै रुदो रै’छ ; सम्झनामा बाँच्नु पनि, एउटा नशा हुदो रै’छ । (१) आफ्ना भन्नेहरुलेनै, पराईझै गरी बोल्दा ; बचनले’नि वाण बनि, मुटु भित्र छुदो रै’छ । (२) कुनै बेला सामिप्यको, मृगतृष्णा बोक्नेहरु ; टाढिएर जान लाग्दा, ह्रदय एक्लिदो रै’छ । (३) बन डडेको सबै देख्छन, मन डडेको देखिदैन; प्रेमको बिचित्र आगो, मनभित्र सल्किदो रै’छ। (४) किन सोध्छौ नबुझेझै,मेरो मनको हाल तिमी; मनको घाउ भित्र-भत्रै, जलेर बल्झिदो रै’छ। रचना : यज्ञ प्रसाद गिरि आनन्दबस्ती, ललितपुर माघ १२, २०७०साल