गजल
चनाखो भै चिन्नु पर्छ, बनावटी कुराहरु ;
चिप्लो बोल्नेहरुलेनै, रोप्ने गर्छन छुराहरु ।
(१)
सारै असल भए जस्ता, स्वार्थपुर्ति हुँदासम्म;
नभए उनी नै झिक्ने, बाङ्गा-बाङ्गा कुराहरु ।
(२)
बुझि सक्नु कहां छ र दलालको कुटिलता;
सधै अन्यायमा पर्छन, निमुखा टुहुराहरु ।
(३)
ठान्ने गर्छन आफैलाई,ठुलो मान्छे यो देशका;
यथार्तमा यिनै भा’छन, देशका भतुवाहरु ।
(४)
तह लगाउनै पर्छ, देशद्रोही छानी-छानी ;
कम्मर कसी लाग्नु पर्छ, समाजका शुराहरु ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
माघ १८, २०७० साल
No comments:
Post a Comment