गजल
यो मन पनि अनौठो छ, भित्र-भित्रै रुदो रै’छ ;
सम्झनामा बाँच्नु पनि, एउटा नशा हुदो रै’छ ।
(१)
आफ्ना भन्नेहरुलेनै, पराईझै गरी बोल्दा ;
बचनले’नि वाण बनि, मुटु भित्र छुदो रै’छ ।
(२)
कुनै बेला सामिप्यको, मृगतृष्णा बोक्नेहरु ;
टाढिएर जान लाग्दा, ह्रदय एक्लिदो रै’छ ।
(३)
बन डडेको सबै देख्छन, मन डडेको देखिदैन;
प्रेमको बिचित्र आगो, मनभित्र सल्किदो रै’छ।
(४)
किन सोध्छौ नबुझेझै,मेरो मनको हाल तिमी;
मनको घाउ भित्र-भत्रै, जलेर बल्झिदो रै’छ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
माघ १२, २०७०साल
No comments:
Post a Comment