Pages

Sunday, June 25, 2017

गजल आफैलाई नचिन्नेले , पहिचानका कुरा गर्यौ। ; राष्ट्रघाती लुटेराको, गुणगानका कुरा गर्यौौ । (१) कुरा गर्यौु, कुरै गर्यौय , कुरै-कुरा मात्र गर्यौौ; अरुकै श्रम खानेले , स्वाभिमानका कुरा गर्यौु । (२) कुरा एउटा काम अर्कै, मनमा पाप लुकाएर ; राष्ट्रभक्ति , आदर्श र, बलिदानका कुरा गर्यौ । (३) चरण छुन्छौ बिदेशीको, सत्ता प्राप्त हुने भए ; नेपाल र नेपालीको कुन, शानको कुरा गर्यौ ? (४) मठ- मन्दिर देखाउँछौ, पुजा- पाठ सिकाउँछौ ; लालसाले ग्रस्त हुदै, कुन ध्यानको कुरा गर्यौ ? (५) अत्याचारी, भष्ट्राचारी, भनी चिन्छ समाजले ; लाज घिन पचाएर, अभियानको कुरा गर्यौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन २८ गते, २०७१ साल
गजल फेरेझै भित्ते पात्रो, माया फेरिदो रै’छ; केरेझै प्रेमपत्र, बाचा केरिदो रै’छ । (१) आगो बलेकै रोज्यौ, तिम्ले पनि अरुझै ; दुखी भै बाच्नु पर्दा, बाटो मोडिदो रै’छ। (२) बद्ली रहेछ मान्छे, बद्ली रहेछ माया ; नाफा भयो भएन, गणना गरिदो रै’छ । (३) भन्नु त केही छैन, संसारको चलन् यो ; मान्नु छ तितो सत्य, तर मन् कुडिदो रै’छ। (४) अलपत्र जिन्दगी भो, एक्लो भएर बाँच्दा ; यात्रा तिमी बिनाको, खल्लो पो लाग्दो रै’छ। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २८ गते, २०७०

Friday, June 16, 2017

गजल सबै फले-फुलेका छन, राजनितिमा ; प्राय: सडे-गलेका छन राजनितिमा । (१) राजनिति सेवा भएन, पेशा बन्यो; मै हुँ भन्ने ढलेका छन राजनितिमा। (२) निर्धक्क भै भष्ट्राचार गर्छन नेताहरु ; यस्तै चलन चलेका छन राजनितिमा । (३) बांकी के छ ? न्याय पनि बिके पछी; न्यायालय दलझै बनेका छन राजनितिमा। (४) ज्यानको बदलामा पाएको यस्तो तन्त्र ; सोझाले हात मलेका छन राजनितिमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार २ गते, २०७४ साल

Friday, February 17, 2017

गजल भन्दै छ केहि न केही त सिक मलेशिया; महाथिरले सिगारेको आधुनिक मलेशिया । (१) प्राकृतिक श्रोतको दिगो उपयोगिताको मानक ; विकाशको बाटोमा अग्रसर जैविक मलेशिया। (२) पर्यटन, प्रतिष्ठा र ब्यापारको कुशल संयोजन; सुन्दर , प्रकृतिमैत्री र बौद्धिक छ मलेशिया । (३) विविध धर्म र जाति एउटै थलो भएता पनि ; राष्ट्रियताको सवालमा सधै एक छ मलेशिया । (४) छन त छन दर्जनौ दल र नेताहरु हाम्रा पनि ; काममा न्युनतम नेपाल, अत्यधिक मलेशिया । रचना: यज्ञ प्रसाद गिरी क्वालालुम्पुर, मलेशिया फागुन १७ गते, २०७३ साल
गजल जैविक विविधता अपार छ एशियामा ; श्रोत र साधनको भण्डार छ एशियामा । (१) भाषा, धर्म, संस्कृतिको उद्गम खोज्दै जाँदा, प्राचिनतम बलियो आधार छ एशियामा । (२) किन गरिब हुदै छौ, दिनप्रतिदिन हामीहरु ? राजनितिको धृणित ब्यापार छ एशियामा । (३) माल पाएर चाल नपाउने,हुस्सु बन्नु परेको छ ; शोषक र शोषितहरुको ससार छ एशियामा । (४) कस्तुरीको खोजीमा भौतारिने मृगझै छौ हामी ; विशाल ,कृत्रिम र अनौठो विकार छ एशियामा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन ७ गते, २०७३ साल

Saturday, January 7, 2017

गजल ह्रदयका पिरहरु , आंखाबाट झारी दिएं ; सोध्नेलाई भन्ने गर्छु, तिम्रो माया मारी दिए। (१) अतितको बाचाहरु , खोटा सिक्का बनेपछी ; तिम्रो मेरो नातालाई , तामेलीमा सारी दिएं। (२) कयौ पटक मेट्ने गर्छु,, हिसाब गर्दा अंकहरु , हिजोलाई मेट्ने काम, तिम्रैतिर पारी दिएं । (३) कहिले कांही भेट हुदा, अतितका साथीहरु; तिम्रो मेरो चर्चा गर्दा , बहानाले टारी दिएं । (४) कही –कतै ह्रदयमा , तुष बांकी रहे जस्तो ; भावनाको बिझाईमा, आफैलाई हारी दिएं । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पौष २३ गते, २०७३ साल

Monday, January 2, 2017

गजल कोही खायर दुखी , कोही भोकायर दुखी ; कोही मोटायर दुखी,कोही दुब्लायर दुखी . (१) अरुको अस्तीत्व निषेध गर्ने खेलमा कोही ; बिना कारण आपसमा बिझायर दुखी . (२) निश्चित छ हुन्छ नै समयसंगै परिवर्तन ; कोही उदायर दुखी, कोही अस्तायर दुखी. (३) कहाँ हुन्छ र मेरो गोरुको बाह्रै टक्का ? कोही सोचे जस्तो यथार्त नपायर दुखी. (४) चिन्ता र विस्मृति भोग्ने सिलसिलामा, कोही जागेर दुखी, कोही निदायर दुखी. यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस १८, २०७३ साल