Pages

Saturday, January 7, 2017

गजल ह्रदयका पिरहरु , आंखाबाट झारी दिएं ; सोध्नेलाई भन्ने गर्छु, तिम्रो माया मारी दिए। (१) अतितको बाचाहरु , खोटा सिक्का बनेपछी ; तिम्रो मेरो नातालाई , तामेलीमा सारी दिएं। (२) कयौ पटक मेट्ने गर्छु,, हिसाब गर्दा अंकहरु , हिजोलाई मेट्ने काम, तिम्रैतिर पारी दिएं । (३) कहिले कांही भेट हुदा, अतितका साथीहरु; तिम्रो मेरो चर्चा गर्दा , बहानाले टारी दिएं । (४) कही –कतै ह्रदयमा , तुष बांकी रहे जस्तो ; भावनाको बिझाईमा, आफैलाई हारी दिएं । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पौष २३ गते, २०७३ साल

No comments:

Post a Comment