Pages

Sunday, August 28, 2016

गजल एउटै पारा नेताजीको आ-आफ्नै बखान गरे ; एक कदम अघी बढ्दै , कसैले ऊखान गरे । (१) दैशलाई पेवा ठान्ने, यी मत्का ब्यापारीहरु ; देशको लिलामी त, यिनले जानाजान गरे । (२) पुरै देश निचोरेर सुन्तला र कागतीझै; यिनै देशद्रोहीले, सधै रसपान गरे । (३) घुसखोरीको सन्जाललाई राजनितिको नाम दिए ; कामहरु जति गरे सबै , बेईमान गरे । (४) बोल्न लाज मान्नु पर्ने, लाजै छैन बोल्नलाई, बिबादमा आउनु त यिनकालागी शान अरे । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , ललितपुर भाद्र ११ गते, २०७३ साल

Tuesday, June 7, 2016

गजल सबै कालाका बगाललाई, सेता भन्दिए हुन्छ ; निरध्क्क झुठ बोल्नेलाई, नेता भन्दिए हुन्छ । (१) के बाँकी रह्यो र सेवालाई पैसा बनाएपछी; मानवताका कसाईलाई, क्रेता भन्दिए हुन्छ । (२) मुलबाटो ठुलो श्वर भा'का चोरहरुको भयो; गोरेटोतिर सोजालाई त्यता भन्दिए हुन्छ। (३) टिक्नै सकेन जो सत्यको अगाडी कहिल्यै; नेताका चम्चा भए बिजेता, भन्दिए हुन्छ । (४) धन्य छौ द्वेद चरित्रका चटकी मानव तिमी ; नेता हैन तिमीलाई अभिनेता, भन्दिए हुन्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर जेठ २४ गते, २०७३ साल

Friday, May 27, 2016

गजल रुची महिला र पुरुषको रहेछ, टिसर्ट र जिन्समा : कम्सेकम पोशाकमा समानता छ, फिलिपिन्समा । (१) कोलाहल छ सबैतिर , पछाडी पारिए महिला भन्दै; सबैतिर महिलाहरुकै अग्रता देखिन्छ, फिलिपिन्मा । (२) बिदेश र बिदेशीप्रतिको मोह बिषबृक्षझै मौलाइको छ ; जे पनि बिदेशीलाई सहज उपलब्ध छ, फिलिपिन्समा । (३) किन पर्यटकहरु यति सारो आकर्षित यो ठाँऊमा ? चुरो कुरो त हजुर अर्कै हुने रहेछ , फिलिपिन्समा । (४) केही हुने रहेनछ राष्ट्रियता हराए पछि समाजमा; कस्तो बिकाशको बान्की देखिन्छ , फलिपिन्समा । रचना: यज्ञ प्रसाद गिरी जेठ १४, २०७३ साल मनिला, फिलिपिन्स

Tuesday, May 17, 2016

गजल जसरी प्रख्यात छ प्राकृतिक सुन्दरता, नेपालको ; त्यस्तै अमुल्य छ जैविक विविधता, नेपालको । (१) औषधिय गुणयुक्त छन , हाम्रा बनस्पतिहरु ; बन्ने छन भविश्यमा सम्पन्नता, नेपालको । (२) कहाँ बुझ्यौ र खै ? प्रकृतिको वरदानलाई हामीले; आफैभित्र निहित असिम सम्भाब्यता, नेपालको । (३) आजै खोजौ, सदुपयोग तथा संरक्षण गरौ; विश्वमै जैविक विविधताको अग्रता, नेपालको । (४) अनुसन्धान , सदुपयोग र दिगो विकाशमा जुटौ ; दिलोज्यानले प्रमाणित गरौ योग्यता , नेपालको । रचना: यज्ञ प्रसाद गिरी आनन्दबास्ती, ललितपुर जेठ ४ गते , २०७३ साल

Saturday, May 14, 2016

गजल मायामा मनको चाहना बेहिसाब हुन्छ; ब्यापारमा मात्र दौलतको हिसाब हुन्छ। (१) चाहना के हो यसै भन्न सकिन्न हजुर ; मनको भित्री गरिराईबाट दबाब हुन्छ । (२) बुझ्नै कठिन कस्तो नशा यो प्रेमको; सुखद भएर पनि यो खराब हुन्छ । (३) सारै अस्थिर हुने रहेछ यो चाहना पनि; कुन बेला कस्को कता झुकाव हुन्छ। (४) अनुमान गर्नै कठिन छ भविश्य प्रेमको; कहिले कुन दिशातिर समयको बहाव हुन्छ । रचनाः यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३०, २०७७३ साल

Friday, April 29, 2016

गजल फगत उस्को बस्ने कुर्सिको, रवाफ थियो; सिधै अरुलाई हेप्ने उस्को, जवाफ थियो। (१) बन्दुक समाउदैमा, हल्दार बनाइएकाहरुको ; आज मात्र हैन हिजो'नि, यस्तै स्वभाव थियो। (२) कसले चिनेको छैन र नाङै छौ तिमीहरु; भष्ट्राचारीहरुको घमण्ड,साफ-साफ थियो। (३) के भनौ उसले प्रयोग गरेका, शब्दहरु , सडे-गलेका सोचको फगत, बाफ थियो। (४) कसरी बन्यौ राष्ट्रको ढुकुटीको, हर्ताकर्ता तिमी, प्रतिप्रश्नमा हिजोदेखी नै उ, नाजवाफ थियो । रचनाः यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख १६, २०७७३ साल

Sunday, April 17, 2016

गजल नेपाली किसानको, निन्दै-निन्दा हो ए.डी. एस. ; बिदेशीको गफै-गफको,पुलिन्दा हो ए.डी. एस । (१) आफ्नो योजना बनाउन नसक्ने लाछीलाई; बिदेशी धुर्तहरुको,फगत चन्दा हो ए.डी. एस । (२) डलर पारखीहरुले जति नै वाह! वाह! गरुन ; वास्तवमा देशद्रोहीको, धन्दा हो ए.डी. एस । (३) धेरैका कुदृष्टीहरु परेका छन, समष्टीमा यसमाथी; गैससलाई भत्ता, रक्सी, काउली- बन्दा हो ए.डी. एस । (४) ठुलै जमात संलग्न छ, बिकासे पाखण्डीको यस्मा ; गन्देहरुले, गन्दा सोचले रचेको, गन्दा हो ए.डी. एस। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र ९ गते, २०७२ साल