गजल
सबै कालाका बगाललाई, सेता भन्दिए हुन्छ ;
निरध्क्क झुठ बोल्नेलाई, नेता भन्दिए हुन्छ ।
(१)
के बाँकी रह्यो र सेवालाई पैसा बनाएपछी;
मानवताका कसाईलाई, क्रेता भन्दिए हुन्छ ।
(२)
मुलबाटो ठुलो श्वर भा'का चोरहरुको भयो;
गोरेटोतिर सोजालाई त्यता भन्दिए हुन्छ।
(३)
टिक्नै सकेन जो सत्यको अगाडी कहिल्यै;
नेताका चम्चा भए बिजेता, भन्दिए हुन्छ ।
(४)
धन्य छौ द्वेद चरित्रका चटकी मानव तिमी ;
नेता हैन तिमीलाई अभिनेता, भन्दिए हुन्छ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
जेठ २४ गते, २०७३ साल
No comments:
Post a Comment