गजल
फगत उस्को बस्ने कुर्सिको, रवाफ थियो;
सिधै अरुलाई हेप्ने उस्को, जवाफ थियो।
(१)
बन्दुक समाउदैमा, हल्दार बनाइएकाहरुको ;
आज मात्र हैन हिजो'नि, यस्तै स्वभाव थियो।
(२)
कसले चिनेको छैन र नाङै छौ तिमीहरु;
भष्ट्राचारीहरुको घमण्ड,साफ-साफ थियो।
(३)
के भनौ उसले प्रयोग गरेका, शब्दहरु ,
सडे-गलेका सोचको फगत, बाफ थियो।
(४)
कसरी बन्यौ राष्ट्रको ढुकुटीको, हर्ताकर्ता तिमी,
प्रतिप्रश्नमा हिजोदेखी नै उ, नाजवाफ थियो ।
रचनाः यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख १६, २०७७३ साल
No comments:
Post a Comment