Friday, April 29, 2016
गजल
फगत उस्को बस्ने कुर्सिको, रवाफ थियो;
सिधै अरुलाई हेप्ने उस्को, जवाफ थियो।
(१)
बन्दुक समाउदैमा, हल्दार बनाइएकाहरुको ;
आज मात्र हैन हिजो'नि, यस्तै स्वभाव थियो।
(२)
कसले चिनेको छैन र नाङै छौ तिमीहरु;
भष्ट्राचारीहरुको घमण्ड,साफ-साफ थियो।
(३)
के भनौ उसले प्रयोग गरेका, शब्दहरु ,
सडे-गलेका सोचको फगत, बाफ थियो।
(४)
कसरी बन्यौ राष्ट्रको ढुकुटीको, हर्ताकर्ता तिमी,
प्रतिप्रश्नमा हिजोदेखी नै उ, नाजवाफ थियो ।
रचनाः यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख १६, २०७७३ साल
Sunday, April 17, 2016
गजल
नेपाली किसानको, निन्दै-निन्दा हो ए.डी. एस. ;
बिदेशीको गफै-गफको,पुलिन्दा हो ए.डी. एस ।
(१)
आफ्नो योजना बनाउन नसक्ने लाछीलाई;
बिदेशी धुर्तहरुको,फगत चन्दा हो ए.डी. एस ।
(२)
डलर पारखीहरुले जति नै वाह! वाह! गरुन ;
वास्तवमा देशद्रोहीको, धन्दा हो ए.डी. एस ।
(३)
धेरैका कुदृष्टीहरु परेका छन, समष्टीमा यसमाथी;
गैससलाई भत्ता, रक्सी, काउली- बन्दा हो ए.डी. एस ।
(४)
ठुलै जमात संलग्न छ, बिकासे पाखण्डीको यस्मा ;
गन्देहरुले, गन्दा सोचले रचेको, गन्दा हो ए.डी. एस।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
चैत्र ९ गते, २०७२ साल
Monday, October 5, 2015
गजल
जहिले पनि बिभेदको, पोको खोल्ने मित्र ;
बगलीमा छुरा राखी, मिठो बोल्ने मित्र ;
(१)
रोटी-बेटी या संस्कृति, जे भनेता पनि ;
सयौ पटक चिनेका छौ, बिष घोल्ने मित्र।
(२)
नदी नाला निल्न खोज्ने गिद्दे दृष्टी तिम्रो;
अभिमानी, पुर्वाग्रही, सधै पोल्ने मित्र ।
(३)
बोल्छौ झुठ लाजै छैन , जातै तिम्रो त्यस्तो;
अग्रेजझै ठिक्क हुन्थ्यो, तिम्लाई पेल्ने मित्र।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
असोज १७, २०७२ साल
Tuesday, September 29, 2015
गजल
छिमेकीको अति निकृष्ट अभिमान , नाकाबन्दी ;
माछाको दाउमा बकुलाको ध्यान, नाकाबन्दी ।
(१)
कथनी र करनीको हास्यास्पद, दृष्टान्त बन्यो ;
तथाकथित ऋषिमनको बिष बमन, नाकाबन्दी ।
(२)
हिजो पनि चिनेकै हो, किन बदलिन्थे रातारात ;
बिस्तारबादको अन्यायी अग्रगमन, नाकाबन्दी ।
(३)
बैईमानीलाई चलाखी मान्ने, समाजका उनीहरु;
भन्दैछन गरेका छैनौ जानाजान, नाकाबन्दी ।
(४)
सकिदैन आफ्नो बनाउन सर्पलाई, दुध पिलाएर;
बन्दै छ देशद्रोहीहरुको पहिचान , नाकाबन्दी ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ १३, २०७२ साल
Wednesday, September 23, 2015
गजल
ढोका छाडी झ्याँलबाट चिहाउने , कस्ता छिमेकी तिमी ?
अरुको सम्पदामा र्याल चुहाउने, कस्ता छिमेकी तिमी ?
(१)
कपडा त कपडा नै हो, कमर बेरे’नि, शिर ढाके’नि ;
फोहरीको लगौटीझै गन्हाउने , कस्ता छिमेकी तिमी ?
(२)
धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको’नि कुरा गर्ने;
अप्ठ्यारोमा पारी , धाँटी समाउने , कस्ता छिमेकी तिमी ?
(३)
छिमेकीहरुले बुझेका हुन्छन, आपसी कुरा एक-अर्काका;
जाना-जान आफैलाई नंग्याँउने, कस्ता छिमेकी तिमी ?
(४)
कहिले अंगालोमा बेर्न खोज्ने, आफ्नो स्वार्थ पुरा हुँदा ;
अन्यथा ब्वाँसोझै धम्काउने , कस्ता छिमेकी तिमी ?
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ ७, २०७२ साल
Monday, September 14, 2015
गजल
लसुनको भाउमा सुन, बिर्सी दिऊ हजुर !
गुनको बदला बैगुन , बिर्सी दिऊ हजुर !
(१)
मात्र सिढी बन्यौ हामी, नेताका लागी;
हामीले ख्वाएको नुन, बिर्सी दिउ हजुर !
(२)
हरियाली छाउनु पर्छ, आगामी दिनहरुमा।
गएको कमजोर मनसुन, बिर्सी दिउ हजुर !
(३)
लड्नु त उचित छ , न्याय पाउनुको लागी ;
स्वार्थको लागी बग्ने खुन, बिर्सी दिउ हजुर !
(४)
लडौ नैतिकताको युद्ध, हामी सबै मिलेर ;
हातमै नअटाउने जुन , बिर्सी दिउ हजुर !
रचना: यज्ञ प्रसाद गिरी
महालक्षी नगर पालिका-१५
आनन्दबस्ती ललितपुर
भदौ २९ गते, २०७२ साल
Saturday, September 5, 2015
गजल
एकातिर देवता , पुजा र मन्दिर छ;
अर्कोतिर पहिल्यै तोकेको तक्दिर छ ।
(१)
एकातिर आशाबादी सोच र गन्तब्य ;
वर्तमान अनकन्टार तारे भिर छ ।
(२)
भनिन्छ बिजय त सत्त्यको नै हुन्छ ;
अर्कोतिर भष्ट्राचारीकै ठाडो शिर छ ।
(३)
सैकडौ नेता छन् , गणनामा यो देशमा ;
स्थिति भने देशको , सारै गम्भिर छ ।
(४)
भोली पलाउलान , लिलामणी र गोबिन्दहरु;
आज अशक्त जोर्नीहरु र, कुहिएको शिर छ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
भदौ, २१, २०७२ साल
Subscribe to:
Posts (Atom)