गजल
था'छैन उसले मलाई वा आफैलाई मुर्ख बनायो ;
भुमिका बाँध्दै कसैले मेरो गजल मैलाई सुनायो।
(१)
गजलकारले गजलमा पोखेको, भावको हवाला दिदै;
मेरो भावनाको कागजमा निर्धक्क सलाई सल्कायो ।
(२)
उ बिक्षिप्त प्रेमी हुनु पर्छ, यो लेखाईको आधारमा ;
भन्दै मेरो खिल्ली सेरहरु दोहर्याउदै पढ्दै उडायो ।
(३)
भन्यो बेदनाको निरर्थक थुप्रो, मात्र हो यो गजल ;
नकारात्मकताको कलंक पक्ति-पक्तिमा लगाई देखायो।
(४)
तिमी थियो मेरो गजलमा, स्वाभाविक थियो मन दुख्नु;
धोबी धुलाई दिदै , शब्दहरु फर'काई-फर'काई ठटायो ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, २ गते
No comments:
Post a Comment