गजल
दुर्भाग्यको झरी बर्षि, कुट्नु सम्म कुटे पछी;
हराउँदै छु आफैभित्र, तिम्रो साथ छुटेपछी।
(१)
सपनाहरु सजाएथें,हिजो जस्को भरोसामा;
दुनियाको चिनारी भो , उसैले नै लुटेपछी ।
(२)
असारको ताल जस्तै, जिन्दगी टिल्पिल भयो;
अवस्था र ब्यवस्थाको, तालमेल छुटेपछी ।
(३)
ठिकै भन्यौ जिन्दगीमा, आशावादी हुने कुरा;
बाँच्नु गाह्रो हिदो रै’छ, बिश्वासनै टुटे पछी ।
(४)
कसरी देखिने होला, तिम्रो प्रतिबिम्ब अब ;
ऐना मेरो ह्रदयको, टुक्रिएर फुटेपछी।
रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २८, २०७० साल
No comments:
Post a Comment