Pages

Monday, November 11, 2013

गजल थाहै हुदैन, को खुस छ को बेखुस छ, ढाकामा; जता जाउ सबैतिर, उकुस-मुकुस छ, ढाकामा । (१) मानिसको ओईरो हुन्छ, सडकपेटी र गल्लीहरुमा; लाग्छ सदाबहार, आमसभा र जुलुस छ ढाकामा । (२) संकेतपाटी पढ्दा कलेजको, रमाईलो लाग्ने छ हजुर ; अमेरिका, फ्रान्स, बेलायत र जर्जबुस छ ढाकामा । (३) गास, बास, कपास सबै महङ्गा छन् त के भो ; मान्छे सस्तो छ र शासक निरंकुस छ, ढाकामा । (४) कति नियमहरु चल्तिमा छन, थाहा भएन हजुर ; ट्राफिक नियम त सधै मनखुस् छ , ढाकामा । (५) महानगर यो उच्च अट्टालिकाहरुको भएता पनि ; जनता लामखट्टे र सानो जमात् उडुस छ ढाकामा । रचना: यज्ञ प्रसाद गिरी ढाका, बंगलादेश अक्टुबर ७, २०१३

No comments:

Post a Comment