Pages

Monday, November 11, 2013

गजल सुनौन न त के-के रे’छ खबर हजुर्को; बदलियो कि उस्तै रे’छ शहर हजुर्को। (१) सबैलाई उछिनेर पहिलै हुनु पर्ने ; उस्तै छ कि बदलियो रहर हजुर्को । (२) नटेरेर मान्छेलाई मुल्यहिन ठान्दै ; शब्द बनी ओकलिने कहर हजुर्को । (३) सकियो कि सकिएन धेरै बर्ष भयो; सोचभित्रै मिसिएको जहर हजुर्को । (४) बर्षातको खहरेझै घमण्डले पुर्ण; बग्दै छ कि जवानीको नहर हजुर्को। (५) मनैदेखि चाहनेको मुल्य कति हुन्छ ? आज कस्तो भा’को रै,छ ठहर हजुर्को । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २३ गते, २०७०

No comments:

Post a Comment