Pages

Monday, November 11, 2013

गजल के हुने हो थाहा छैन, तिम्रै हुन मन लाग्छ; एकान्तमा तिमीलाई, सम्झि रुन मन लाग्छ । (१) छाती भरी कति-कति, घाउहरु बेदनाका ; आफनै आँसु बगाएर, घाउ धुन मन लाग्छ । (२) अत्याचारी समाजको, व्यविचारी पारा देख्दा; शुरुदेखी अन्त्यसम्म, सल्काउन मन लाग्छ । (३) पैसालाई सर्वोपरी, देख्ने आँखा हुनु भन्दा ; हत्केलाले दुबै आँखा, छोपी दिन मन लाग्छ । (४) जिवित् मान्छेहरु जब, ढुग्ङा बनी दिने गर्छन्; मान्छे भन्दा मन्दिरको, ढुग्ङा छुन मन लाग्छ । (५) नोटमाथि भोट हाल्दै , माया खोटो बनाउँदा ; ज्वाला बनी समाजमा, दन्की दिन मन लाग्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २३ गते, २०७०

No comments:

Post a Comment