Monday, September 15, 2014
गजल
मिठा त लाग्छन शाहजहाँ र मुमताजका कुरा ;
जिवन खोज्छ तर श्रम र कामकाजका कुरा ।
(१)
कसैगरे'नि चित्त बुझाउन, नसक्ने भएको छु ;
कसरि अपनाउनु र खै ति रिति-रिवाजका कुरा ।
(२)
नेताको भाषण पछी सोच्न बाध्य भएको छु ;
उही चलन-चल्तिका शिकार र वाजका कुरा ।
(३)
घात-प्रतिघातको खडेरीले सुकि सकेको छ मुटु;
बेअर्थ बाहिरी शारिरिक सज्जा र साजका कुरा ।
(४)
कोहि बचेको छैन प्रेमको रोगको प्रकोपबाट ;
सबैलाई उस्तै के डाक्टर के कविराजका कुरा ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, २६ गते
Monday, August 25, 2014
गजल
बिलाशी भै बाँचुँ भन्ने, मनमा रहर जाग्यो कि त ?
बजारमा भाऊ मेरो , घट्दै गा'को लाग्यो कि त ?
(१)
किन होला आजभोलि, उनको चासो देखिदैन ;
पराईले मैले जस्तै, उनको साथ माग्यो कित ?
(२)
भन्न के नै सकिन्छ र, मनै न हो मानिसको;
दोबाटोमा मोडिएर , अर्कै दिशा लाग्यो कि त ?
(३)
बाचा गर्दै सधै कसम, खाने मेरो मायालुले;
एकाएक सबै बिर्सि, सबै सिमा नाघ्यो कित ?
(४)
धेरै चोट धेरै पिडा, सहेको छु जिन्दगीमा ;
नसोचेको ह्रदयमा, अर्को चोट लाग्यो कि त ?
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल साउन २७ गते
Saturday, August 23, 2014
गजल
उन्लाई भेटेको दिन महान हुन्थ्यो ;
रातभर सपना देखेर , बिहान हुन्थ्यो ।
(१)
आतुर हुने मन, मिलनको पर्खाईमा ;
घडीको सुईनै, अडेको भान हुन्थ्यो ।
(२)
हेर्दैमा बेलगाम , धड्किन्थो यो दिल ;
दैलोमा स्वस्तिकको, निशान हुन्थ्यो ।
(३)
मन कतै, किताब आँखा अगाडी हुने;
ह्रदयमा मात्र तिम्रो, बखान हुन्थ्यो ।
(४)
गल्ति गरेझैं लाग्थ्यो, मनमा कहिले ;
गल्ति फेरी-फेरी र जानाजान हुन्थ्यो ।
(५)
भोगेको छु एक टुक्रा स्वर्ग मैले पनि ;
अन्यथा यो जिन्दगी चिहान हुन्थ्यो ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल श्रावण, २८ गते
Tuesday, August 19, 2014
गजल
बिगतको जिन्दगी , क्या कमाल हुन्थ्यो ;
कुरकुरे थियो बैस , क्या बबाल हुन्थ्यो ।
(१)
उन्को खोजीमा , हरदम तल्लिन यी नजर ;
उनी हुन्थिन् , उन्को घरको झ्याल हुन्थ्यो।
(२)
चलन थिएन, बहुमुल्य उपहार साट्ने ;
खल्तिमा उनैले दे'को, रुमाल हुन्थ्यो।
(३)
सुर्योदयसंगै जन्मन्थे, कैयन सपनाहरु ;
जिन्दगीको त्यो नै स्वर्णिम काल हुन्थ्यो ।
(४)
विकार थिएन, जिन्दगीको कुनै पाटोमा ;
मन् तराई र सोच सेतो हिमाल हुन्थ्यो ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, ४ गते
<गजल
धेरै थरीका मानिससंग, ब्यवहार हुन्छ ;
जिन्दगीमा कहिले जीत, कहिले हार हुन्छ ।
(१)
संधर्षको दौरानमा , भेटिएकी थियौ तिमी ;
अब त तिम्रो सामिप्यमा, मेरो संसार हुन्छ।
(२)
जिउनुको दिशा अब, स्वतन्त्र रहेन मेरो ;
जता बहाव तिम्रो, मेरो मुलधार हुन्छ ।
(३)
अच्चम लाग्दो छ , ईश्वरको यो सृष्टी पनि ;
जे म सोच्दछु त्यस्तै, तिम्रो बिचार हुन्छ ।
(४)
तिम्रै साथले , यो गिन्दगी सहज भएको छ ;
तिमी बिनाको गिन्दगी, अनकन्टार हुन्छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, ३ गते
गजल
समयको चक्र न हो , सब् कुरा बदलिदो रै'छ ;
माया पनि पुरानो भै, बिस्तारै खुईलिदो रै'छ।
(१)
जाँची हेर्दा एउटै कुरा, फरक- फरक स्थितिमा ;
हिजो सही भा'को पनि, गल्तिझै माँनिदो रै'छ ।
(२)
मुटु आफ्नै आँखा चिम्ली, कसैलाई सुम्पी दिदा ;
पटक-पटक सानो-सानो, उपेक्षाले छुँदो रै'छ ।
(३)
हिजोसम्म मुल्यवान, ठानिएका बस्तु पनि ;
मुल्यहिन बनाईदा , ढुग्ङाझै मिल्किदो रै'छ ।
(४)
समयको बेगलाई , कस्ले छेक्न सक्या छ र ?
हुने त हुने नै भैगो, नहुने'नि हुँदो रै'छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, २ गते
गजल
था'छैन उसले मलाई वा आफैलाई मुर्ख बनायो ;
भुमिका बाँध्दै कसैले मेरो गजल मैलाई सुनायो।
(१)
गजलकारले गजलमा पोखेको, भावको हवाला दिदै;
मेरो भावनाको कागजमा निर्धक्क सलाई सल्कायो ।
(२)
उ बिक्षिप्त प्रेमी हुनु पर्छ, यो लेखाईको आधारमा ;
भन्दै मेरो खिल्ली सेरहरु दोहर्याउदै पढ्दै उडायो ।
(३)
भन्यो बेदनाको निरर्थक थुप्रो, मात्र हो यो गजल ;
नकारात्मकताको कलंक पक्ति-पक्तिमा लगाई देखायो।
(४)
तिमी थियो मेरो गजलमा, स्वाभाविक थियो मन दुख्नु;
धोबी धुलाई दिदै , शब्दहरु फर'काई-फर'काई ठटायो ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७१ साल भाद्र, २ गते
Subscribe to:
Posts (Atom)