Friday, August 9, 2013
गजल१२१
जघाँर तरी लौरो भुल्ने, बानी तिम्रो पर्या रै’छ;
धेरै लुकाई थोरै खुल्ने, बानी तिम्रो पर्या रै’छ ।
(१)
मलाई मेरो ठाँउबाट, झार्नुसम्म तल झार्यौर ;
अरुको पीरमा झुल्ने, बानी तिम्रो पर्या रै’छ ।
(२)
काँध टेकि अघी बड्ने, खुट्टा भेटे तानी दिने ;
बिषालु संस्कृति हुल्ने, बानी तिम्रो पर्या रै’छ।
(३)...
ख्याल कत्ती नराखेर, अनुचित र उचितको ;
पैसाको फेरमै डुल्ने, बानी तिम्रो पर्या रै’छ ।
(४)
पाएसम्म भ्याए सम्म , आफन्त भएझै गरी;
भिरको मौरीझै चिल्ने, बानी तिम्रो पर्याक रै’छ ।
(५)
चिप्ला-चिप्ला कुरा गर्दै, भित्रिने सियोझै बनी ;
अनि त फालीझै फुल्ने ,बानी तिम्रो पर्या रै’छ ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
गजल ११६
भोट माग्दा हामीसंग, नाटक गर्दै आँसु झार्यौम;
नेता बन्यौ कुर्सी पायौ, जनतालाई लात मार्यौन।
(१)
फलाकेर बसी राख्यौं, दिन्कादिनै सहमति;
सिग्ङै दिन बिताएर, जानी-जानी रात पार्यौम।
(२)
तिम्रो लागी राजनिति, लुटी खाने पेशा भा’छ;
सबै नाग्ङा हुदै गयौ, जस्ले सत्ता हात पार्यौ’।
(३)...
कुन मुखले भोट माग्छौ, तिमी अर्को चुनावमा;
जहाँ-जहाँ पुग्यौ तिमी त्यहाँ-त्यहाँ घात पार्यौौ।
(४)
सुख-शान्ति हुन्छ कि त, भन्दै हामी पछी लाग्यौं;
झुक्याएर पटक-पटक, हामीलाई आहात पार्यौग।
(५)
तिम्रालागी अशुभ छन, भोली आउने दिनहरु;
सिधा प्रश्न सोधिने छ, सोझा जनता किन मार्यौ।।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
गजल ११३
ड्याग उस्तै मुला उस्तै ;
बन्द उस्तै खुला उस्तै ।
(१)
छैन कोही विश्वासिलो ;
साना उस्तै ठुला उस्तै ।
(२)
सबैका खल्तीमा छुरा ;
कायर र आँटिला उस्तै ।
(३)...
सबै छन स्वार्थले प्रेरित ;
राता उस्तै निला उस्तै ।
(४)
सबै छन ठग्नमा उद्धत ;
गुरु उस्तै चेला उस्तै ।
(५)
भरोसिला कोही छैनन्;
पुरुष र महिला उस्तै ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
गजल ११२
जता हेर्नोस उतैतिर झोलेहरुकै जमात छ ;
समाजमा निराशा र निष्कृयताको खात छ ।
(१)
जनतामाराका मानसिक सन्तानहरु यी;
न कतै यिन्को थर, न वर्ग न जात छ ।
(२)
छीरी सके यी समाजको छिद्र-छिद्रहरुबाट;
ब्याप्त समाजमा प्रदुषण, कुण्ठा र मात छ।
(३)...
सोझा र परिश्रमी लाग्दै छन बिस्तारै किनारा;
हरेक तह र तप्कामा ,यिनकै भय र त्रास छ ।
(४)
बडी रहेछन यी, ओरालो झर्दै छ देश-बिकाश;
यिनको न ज्ञान,सिप,बुद्धि र कुनै औकात छ।
(५)
यी अन्ध-समर्थकहरु, बिषाक्त पार्दै छन समाज;
यिन्मा टिकेको राजनिति वास्तवमै वाहियात छ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
गजल
प्रतिष्ठाको बिषय, आसन भयो ;
रिबन काटियो, उद् घाटन भयो।
(१)
कुरा भए प्रतिबध्दता र संकल्पका, ;
आकाश-धरति जोड्ने, भाषण भयो ।
(२)
बजेट खन्याईयो, चुहिने भाँडोमा ;
बेपत्ता आर्थिक अनुशासन भयो ।
(३)...
अपार सफलताको खबर छापिए ;
पत्रकार बन्धुहरुलाई रासन भयो ।
(४)
बिकाशको ठेकेदारी गै.स.स.ले पाए;
सुनिश्चित राष्ट्रमा सुसाशन भयो ।
(५)
ढाडिए मन्त्री सचिव,सल्लाहकारहरु ;
सामुहिक डलर , चाटन भयो ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
श्रावन २५, २०७० साल
गजल: १५३
हेरौं क- कस्ले के गर्छ, चुनावी मैदानमा;
अब को उत्तानो पर्छ, चुनावी मैदानमा।
(१)
मौका यही हो, कमिसन चाट्नेहरुलाई;
धुलो चटाउनु पर्छ, चुनावी मैदानमा ।
(२)
हेरौ न निकृष्टहरुको बथानमा अझै पनि;
को कतिसम्म तल झर्छ, चुनावी मैदानमा।
(३)
सुनामीझै नायकको खोजी गर्दै छ जनता ;
को कति पछाडी सर्छ, चुनावी मैदानमा।
(४)
तालिमे बाँदर हुन यी सबै, बिदेशी चटकेका;
कस्के कस्तो भुमिका गर्छ, चुनावी मैदानमा।
(५)
को उदाउँछ ज्वाला बनी, नेपाली आकाशमा;
को आफ्नै कर्मले मर्छ, चुनावी मैदानमा।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
जेठ २०, २०७० साल
Thursday, August 8, 2013
गजल
चाहे जति फल्छ डलर, भन्छन् अम्रिकामा ;
काला गोरा एउटै कलर, गन्छन् अम्रिकामा ।
(१)
आधा जीवन पाग्ङ्रामाथी, अरु कता-कता ;
सधै हतार दौडा-डौड , गर्छन् अम्रिकामा ।
(२)
जैले पनि जहाँपनि, जन्मदेखी मृत्युसम्म;
ऋणी पासो थाप्ने चलन, चल्छन् अम्रिकामा ।
(३)
... थरी-थरी सपना ली, त्यै पाताको बैशाखीमा;
त्यस्कै पछी लाग्ने चलन, फल्छन् अम्रिकामा ।
(४)
गतिशिल गृह,बस्ती, गतिशिल माया पनि ;
निमेषमै दुर्घटना, हुन्छन् अम्रिकामा ।
(५)
यन्त्र जस्तो दिन-चर्या, विवश भई अगाँलेर;
यसैबिच सुखको खोजी, गर्छन अम्रिकामा ।
यज्ञ प्रसाद गिरी
फ्लोरिडा, संयुक्त राज्य अमेरिका
Subscribe to:
Posts (Atom)