Pages

Wednesday, November 1, 2017

गजल अवसरबादीको लर्को छ, शक्तिको वरीपरी ; यो समस्या चर्को छ , शक्तिको वरीपरी । (१) साख्कै हुन पुगेका छन , बाटो काटी हिड्नेहरु ; कहानी घर-घर्को छ , शक्तिको वरीपरी । (२) मरी-मरी खटेकाथ्ये , गाँउघरका सिधा-साधा ; घेराबन्दी शहर्को छ, शक्तिको वरीपरी । (३) अचम्मै पो हुदो रै’छ, मात शक्तिको हजुर; ज्ञान निम्न स्तर्को छ , शक्तिको वरीपरी । (४) हाउ-भाउ बिचित्र छ,हिजो सबै बिर्से जस्तो; सिमा धर्म न डर्को छ, शक्तिको वरीपरी । रचना: यज्ञ प्रसाद गिरी अनन्दबस्ती ललितपुर श्रावन १० गते, २०७४ साल

No comments:

Post a Comment