गजल११५
कोही रुपको कोही शानको, बिज्ञापन गर्छन;
शरिरको, कोही मुस्कानको, मापन गर्छन ;
(१)
जवानी सबैको आउछ जीवनमा, एकै पटक;
मालीकै अगाडी उद्धानको ,बखान गर्छन ।
(२)
प्राकृतिक छ फैलिन्छ, महक आकर्षणको;
सल्किन्छन् भुसझै कोही र कोही, दन-दन गर्छन।
(३)
जे-जे माने’नी भोगिन्छ जिवन त, एकै पटक ;
हाँसेर जिउने कोही र कोही, गनगन गर्छन।
(४)
सुवास त सुवास हो मिठो लाग्छ, सबैलाई;
कोही मातले मातेर भमराझै, भनभन गर्छन ।
(५)
भनिन्छ युद्ध र प्रेममा नाजायज, हुदैन केहि ;
भन्दै कोही हतारमा जिन्दगी, अर्पन गर्छन ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment