गजल
अवसरबादीको लर्को छ, शक्तिको वरीपरी ;
यो समस्या चर्को छ , शक्तिको वरीपरी ।
(१)
साख्कै हुन पुगेका छन , बाटो काटी हिड्नेहरु ;
कहानी घर-घर्को छ , शक्तिको वरीपरी ।
(२)
मरी-मरी खटेकाथ्ये , गाँउका सिधा-साधा ;
घेराबन्दी शहर्को छ, शक्तिको वरीपरी ।
(३)
मात अनौठो हुदो रै’छ शक्तिको‘नि हजुर;
विवेक निम्न स्तर्को छ , शक्तिको वरीपरी ।
(४)
हाउ-भाउ बिचित्र छ,हिजो सबै बिर्से जस्तो;
सिमा धर्म न डर्को छ, शक्तिको वरीपरी ।
रचना: यज्ञ प्रसाद गिरी
अनन्दबस्ती ललितपुर
श्रावन १० गते, २०७४ साल
No comments:
Post a Comment