Pages

Monday, December 16, 2013

गजल राजनितिले नै सुन्दर विकशित संसार बनायो; फोहरी राजनितिले यो देशलाई बिमार बनायो। (१) हिजोको चप्पलधारीले पनि तँपाई-हाम्रै अगाडी; कसरी होला रातोरात विशाल दरबार बनायो । (२) काँही नभा’को जात्रा हाँडी गाँऊमा भनेजस्तै; दुई ठाँउमा हार्नेले’नि नेपालमा सरकार बनायो। (३) मौलाउँदो छ भष्ट्राचार गिठा- भ्याकुरका लहराझै; सुन्दर देशलाई कसरी गरिबीको शिकार बनायो । (४) कृत्रिम अभाव सिर्जना गरिएको छ बजारमा सधै; किन,कसले , कसरी जनतामा हाहाकार बनायो । (५) मलाई था’छैन के-के नियमहरु बनेका छन यहाँ; यक्ष प्रशन छ कस्ले संस्थागत भष्ट्राचार बनायो ? रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर मंसिर २८ गते, २०७०

No comments:

Post a Comment