Tuesday, December 20, 2016
गजल
बहुमतमा छन, बेईमानहरु;
अल्पमत छन.कुलमानहरु
(१)
समस्यै-समस्या छन चारैतिर;
सधै गायब छन निदानहरु.
(२)
थपिदै छन् राष्ट्रद्रोहका दृष्टान्तहरु ;
लेंडुपका मानसिक सन्तानहरु.
(३)
उखाने र बखाने छन नेतागण ;
लज्जित भए नेपाली शानहरु.
(४)
भन्ने गर्छन उनीहरुनै राष्ट्रबादी;
वास्तवमा यो देशका शैतानहरु.
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
पुस ६, २०७३ साल
Monday, December 19, 2016
Sunday, August 28, 2016
गजल
एउटै पारा नेताजीको आ-आफ्नै बखान गरे ;
एक कदम अघी बढ्दै , कसैले ऊखान गरे ।
(१)
दैशलाई पेवा ठान्ने, यी मत्का ब्यापारीहरु ;
देशको लिलामी त, यिनले जानाजान गरे ।
(२)
पुरै देश निचोरेर सुन्तला र कागतीझै;
यिनै देशद्रोहीले, सधै रसपान गरे ।
(३)
घुसखोरीको सन्जाललाई राजनितिको नाम दिए ;
कामहरु जति गरे सबै , बेईमान गरे ।
(४)
बोल्न लाज मान्नु पर्ने, लाजै छैन बोल्नलाई,
बिबादमा आउनु त यिनकालागी शान अरे ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
भाद्र ११ गते, २०७३ साल
Tuesday, June 7, 2016
गजल
सबै कालाका बगाललाई, सेता भन्दिए हुन्छ ;
निरध्क्क झुठ बोल्नेलाई, नेता भन्दिए हुन्छ ।
(१)
के बाँकी रह्यो र सेवालाई पैसा बनाएपछी;
मानवताका कसाईलाई, क्रेता भन्दिए हुन्छ ।
(२)
मुलबाटो ठुलो श्वर भा'का चोरहरुको भयो;
गोरेटोतिर सोजालाई त्यता भन्दिए हुन्छ।
(३)
टिक्नै सकेन जो सत्यको अगाडी कहिल्यै;
नेताका चम्चा भए बिजेता, भन्दिए हुन्छ ।
(४)
धन्य छौ द्वेद चरित्रका चटकी मानव तिमी ;
नेता हैन तिमीलाई अभिनेता, भन्दिए हुन्छ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
जेठ २४ गते, २०७३ साल
Friday, May 27, 2016
गजल
रुची महिला र पुरुषको रहेछ, टिसर्ट र जिन्समा :
कम्सेकम पोशाकमा समानता छ, फिलिपिन्समा ।
(१)
कोलाहल छ सबैतिर , पछाडी पारिए महिला भन्दै;
सबैतिर महिलाहरुकै अग्रता देखिन्छ, फिलिपिन्मा ।
(२)
बिदेश र बिदेशीप्रतिको मोह बिषबृक्षझै मौलाइको छ ;
जे पनि बिदेशीलाई सहज उपलब्ध छ, फिलिपिन्समा ।
(३)
किन पर्यटकहरु यति सारो आकर्षित यो ठाँऊमा ?
चुरो कुरो त हजुर अर्कै हुने रहेछ , फिलिपिन्समा ।
(४)
केही हुने रहेनछ राष्ट्रियता हराए पछि समाजमा;
कस्तो बिकाशको बान्की देखिन्छ , फलिपिन्समा ।
रचना:
यज्ञ प्रसाद गिरी
जेठ १४, २०७३ साल
मनिला, फिलिपिन्स
Tuesday, May 17, 2016
गजल
जसरी प्रख्यात छ प्राकृतिक सुन्दरता, नेपालको ;
त्यस्तै अमुल्य छ जैविक विविधता, नेपालको ।
(१)
औषधिय गुणयुक्त छन , हाम्रा बनस्पतिहरु ;
बन्ने छन भविश्यमा सम्पन्नता, नेपालको ।
(२)
कहाँ बुझ्यौ र खै ? प्रकृतिको वरदानलाई हामीले;
आफैभित्र निहित असिम सम्भाब्यता, नेपालको ।
(३)
आजै खोजौ, सदुपयोग तथा संरक्षण गरौ;
विश्वमै जैविक विविधताको अग्रता, नेपालको ।
(४)
अनुसन्धान , सदुपयोग र दिगो विकाशमा जुटौ ;
दिलोज्यानले प्रमाणित गरौ योग्यता , नेपालको ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबास्ती, ललितपुर
जेठ ४ गते , २०७३ साल
Saturday, May 14, 2016
गजल
मायामा मनको चाहना बेहिसाब हुन्छ;
ब्यापारमा मात्र दौलतको हिसाब हुन्छ।
(१)
चाहना के हो यसै भन्न सकिन्न हजुर ;
मनको भित्री गरिराईबाट दबाब हुन्छ ।
(२)
बुझ्नै कठिन कस्तो नशा यो प्रेमको;
सुखद भएर पनि यो खराब हुन्छ ।
(३)
सारै अस्थिर हुने रहेछ यो चाहना पनि;
कुन बेला कस्को कता झुकाव हुन्छ।
(४)
अनुमान गर्नै कठिन छ भविश्य प्रेमको;
कहिले कुन दिशातिर समयको बहाव हुन्छ ।
रचनाः यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
बैशाख ३०, २०७७३ साल
Subscribe to:
Posts (Atom)