Pages

Monday, August 18, 2014

गजल हरेक स्थितिमा मैले, हाम्रो प्रेमलाई अब्बल पाएको छु ; तिमीसंग नजिकिदा मैले, आफुलाई सबल बनाएको छु । (१) खेर फालेको छैन, तिमीसंग बितेका कुनै पलहरुलाई ; उपेक्षालाई पनि पालिश लगाएर, गजल बनाएको छु । (२) हाम्रो उन्मुक्त हाँसोहरुमा, सुन्दर फूलहरु फुल्ने गर्थै ; आँसुहरु पनि संगाली, जिवनोपयोगी जल बनाएको छु । (३) भविष्यको संभावित क्रमभंगलाई बिचार गरी सचेत हुदै ; अटुट नाता कायम राख्न, सम्झना अविरल बनाएको छु । (४) खोल्नु होला म मरेपछी, यो कागजको बन्दी खाम मोटो; अमर प्रेमको निशानी, ताजमहलको प्रोपोजल बनाएको छु । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते
गजल उ पोहर पनि आएको थियो, अहिले पनि आउने छ ; कुन महिना,कुन गते र बार गनि-गनि आउने छ .। (१) तिमीमा शोषण योग्य के छ, राम्रोसंग बुझेको छ उस्ले; कहिले दाई ,भाई, बहिनी र प्रेयसी, भनि-भनि आउने छ । (२) तिम्रो टाउकोमा टेकि, ठुलो हुने कलामा पारंगत छ उ ; कहिले मन्त्री , हाकिम र समाजसेवी बनी आउने छ । (३) उस्ले तिम्रो भावनासंग, आश्वासनको खेल खेल्ने छ; कहिले सहयोगी, सहजकर्ता र बनि गुनी आउने छ । (४) तत्काल जति नै कोमल, नरम र मिजासिलो लागे पनि; उस्ले भने जस्तो नभए आगोझै , बल्दै दनदनी आउने छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते
गजल समयको चक्र न हो , सब् कुरा बदलिदो रै'छ ; माया पनि पुरानो भै, बिस्तारै खुईलिदो रै'छ। (१) जाँची हेर्दा एउटै कुरा, फरक- फरक स्थितिमा ; हिजो सही भा'को पनि, गल्तिझै माँनिदो रै'छ । (२) मुटु आफ्नै आँखा चिम्ली, कसैलाई सुम्पी दिदा ; पटक-पटक सानो-सानो, उपेक्षाले छुँदो रै'छ । (३) हिजोसम्म मुल्यवान, ठानिएका बस्तु पनि ; मुल्यहिन बनाईदा , ढुग्ङाझै मिल्किदो रै'छ । (४) समयको बेगलाई , कस्ले छेक्न सक्या छ र ? हुने त हुने नै भैगो, नहुने'नि हुँदो रै'छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल भाद्र, २ गते

Sunday, August 17, 2014

गजल पहिरोले पुरिएको छ बस्ती, सरकार मौन छ ; शहरमा डनहरुको गस्ती, सरकार मौन छ । (१) अपराधीहरुको मृत्युले चिरिन्छ, सभासदहरुको छाती; अनौठो छ नेताको आपसी कुश्ती, सरकार मौन छ । (२) रोग शोक र भोकले मरणासन्न छन् बासिन्दाहरु ; कसले बुझ्ने पिडितहरुको सास्ती, सरकार मौन छ । (३) माग्दै छन जवाफ जनताहरु, शासन चलाउनेहरुसंग ; किन भईन युवती, बहिनी जस्ति, सरकार मौन छ । (४) राजनितिको खोलमा छन, सबै ब्वाँसा र स्यालहरु यहाँ; छुट्याउनै मुस्किल, को कस्तो को कस्ति, सरकार मौन छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २८ गते
गजल यो मन कहिले डोटी, कहिले ईलाम भा'को छ ; हुनै सकेन बसमा, झन-झन, बेलगाम भा'को छ , (१) थाहै भएन सुटुक्क दृष्टिबाट, पसेर ह्रदयमा बस्यौ; तिम्रै कारण यो ह्रदयको बाटोनै, जाम भा'को छ । (२) अनौठो लक्षण हुदोरै'छ, यो चाहनाको रोगको हजुर ; भै रहेछ चन्चल मन, के गरुँ, कता जाम भा;को छ । (३) सुन्न त सुनिएकै हो टुना-मुनाहरुको बारेमा सधै; अब त अन्धबिश्वास;नि, पत्यामपत्याम भा'को छ । (४) कति छ तिम्रो मुल्य मेरोलागी, तिमीलाई के थाहा ; आफ्नो त के कुरा, कदम्-कदम् मा लिलाम भा'को छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २८ गते
गजल उता गाँउमा, यता मनमा, पहिरो गयो; आउदै आएन, सधै गयो, र गहिरो गयो । (१) के के न होला , सोचेथें, तिम्रो शासनमा; क्रम यथावत भो, कानो आयो बहिरो गयो । (२) किन यसरी बिग्रदै गा'का, नेता भनाउँदाहरु ; सधै भष्ट्राचारकै बाटोमा, यिन्को ओईरो गयो । (३) राहतको लागी हेलिकेप्टर नाँचेको देखे सबैले; सोझै पिडितको मुटुमा, उपेक्षाको सुइरो गयो । (४) के भएको छ यो देशमा, सबै पत्थर दिलका भए ; उपेक्षाले क्षत-बिक्षत भो ,मानवता टुहुरो भयो। यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २७ गते
गजल कस्तो हुदै छ देशको निकास, जवाफ ठेकेदारको सुनौ; के भयो पर्दा पछाडी खास, जवाफ ठेकेदारको सुनौ । (१) नदीमा ढलझै मिसनमा कमिसन मिसियो कि कसो ? किन उत्तानो भो देशको बिकाश जवाफ ठेकेदारको सुनौ। (२) कस्तो चल्दै छ आजभोली ,भाषणको ब्यवसाय तिम्रो; किन छन जनता सधै उदाश ,जवाफ ठेकेदारको सुनौ । (३) कुण्डले-मण्डले, क्रेता-बिक्रेता सबै नेता बनेका छन ; सबै क्षेत्रमा किन छाएकोछ त्रास ,जवाफ ठेकेदारको सुनौ। (४) जनताको नजरमा नेताको हैसियत प्रष्टिदो छ हजुर ; ओरालो लाग्दैछ जन बिश्वास, जवाफ ठेकेदरको सुनौ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल साउन २८ गते