Pages

Wednesday, July 17, 2019

परे रंग फेर्दा रै,छन , चिप्लो, मिठो बोल्नेहरु ;
आधा मुटु गोप्य राखि, आधा मुटु
खोल्नेहरु ।
(1)
कठिन बाटो हिँड्नु पर्दा , खुट्टा पनि कमाउछन ;
अन्दाजमा हमसफरको बित्था भाउ मोल्नेहरु ।
(2)
जिन्दगीको सफर जब , रेगिस्थानि बन्न थाल्छ ;
बाटो मोड्दै हिँड्न थाल्छन , ओठे माया गर्नेहरु ।
(3)
तिम्रैलागी मर्छु बाच्छु , भन्नेहरू पनि हजुर ;
बन्न पुग्छन जिन्दगीमा , नया खाता खोल्नेहरु ।
(4)
गुनासोको ठाउ छैन , चाहनाको दुनियामा ;
सधैं - सधैं सुखी रहुन , ह्रदयमा बल्ने हरु ।

जेठ 19 गते 2076 साल
बिरेन्द्रनगर , सुर्खेत







No comments:

Post a Comment