Pages

Wednesday, July 17, 2019


ढुङ्गा लाई दैव मानि , ढोग्नै छोडी दिउँ ;
अब यस्तो लाग्छ गजल, लेख्नै छोडी दिउ ।
(1)
उहिल्यै देखी जसको तस्बिर , मनमा बसेको छ ;
कसोगरी यी आँखाले , देख्नै छोडी दिउ ।
(2)
कसैगरी नलागे,सि , गन्तव्यको टुङ्गो ;
लाग्छ पाईला घिसारेर , हिडनै छोडि दिउ ।
(3)
जुन बाटोले पुर्याउदैन , तिम्रो घरको आगन ;
त्यतातिर किन हेर्नु , हेर्नै छोडी दिउ ।
(4)
मरुभूमि बनी सक्यो , आफ्नो जिन्दगानि ;
शितको थोपा जस्तो नाता, जोड्नै छोडी दिउ ।











No comments:

Post a Comment