Pages

Thursday, March 8, 2018


गजल
बन्दुक चल्ने गरेका छन आजभोली ;
कति ज्युदै मरेका छन आजभोली ।
(१)
बदलिदै छन जिन्दगीका मानकहरु ;
मान्छे बिषले भरेका छन आजभोली ।
(२)
चौबिसै घण्टा द्रब्यकै पछाडी दौड छ ;
मान्छेहरु झर्नु झरेका छन आजभोली ।
(३)
अनैतिक कमाई डान्सबारमा खन्याइन्छ;
यिनै काममा बानी परेका छन आजभोली ।
(४)
जो चोर छ उसैको ठुलो श्वर छ यहाँ ;
चोरनै ठुला हुने गरेका छन आजभोली ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २५ गते, २०७४ साल



गजल
दुश्मनका गोडा समाउनेहरु छन ;
देशलाई लुछेर रमाउनेहरु छन ।

(१)
के गर्दैन मान्छे स्वार्थपुर्तिको लागि ?
आफैलाई बेचेर कमाउनेहरु छन ।
(२)
समानताको भाषण फलाक्नेहरुनै ;
विभेदको पर्खाल लगाउनेहरु छन ।
(३)
राज्य सँयन्त्र चलाउने अदृश्य शक्ति ;
नजराना लिने र थमाउनेहरु छन ।
(४)
सानो द्रब्यपिचासको समुह हावी छ;
सबैजसो होमा हो मिलाउनेहरु छन।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २५ गते, २०७४ साल




Monday, January 22, 2018

गजल
पुजा, पेशा, संस्कृति, र देशको माटो ;
जीवन ,कृषि  प्रकृति, यो देशको माटो ।
(१)
सधै श्वाशत छ जन्म देखि मृत्युसम्म ;
संस्कृति, प्रकृति,  खेती, र देशको माटो ।
(२)
सम्झदै बढेका छन कदम सही बाटोमा ;
महाकाली, कर्णाली, सेती र देशको माटो ।
(३)
बैभव जैविक-विविधताको उपयोग गरौ ;
जरी-बुटि,जल-जलाशय र देशको माटो ।
(४)
अनुसन्धान दिगो उपयोगमा केन्दित गरौ;
तराई, हिमाल,पहाड,बेशी र देशको माटो ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ ८, २०७४ साल