Pages

Wednesday, December 28, 2016

गजल कोही निश्कपट राम छन, यसै समाजमा ; कोही निकै बदनाम छन् , यसै समाजमा . (१) स्वार्थप्रेरितको दस्ता, भेटिन्छन सबैतिर ; हजुर ! बोकोहराम छन्, यसै समाजमा . (२) चोरी, लुट र ठगी पेशावाल , यी छद्मभेषीहरु ; छरियका हरेक ठाम छन्, यसै समाजमा . (३) पत्याउनै गाह्रो पर्ने छ, गन्हायको देखेर; कैयन ठुला नाम छन, यसै समाजमा . (४) आफैलाई बिकाशका ठेकेदार भनेता पनि; अग्रगमनका जाम छन् , यसै समाजमा . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस १३, २०७३ साल

Thursday, December 22, 2016

गजल तिम्रो मूल्य मेरोलागि, केहो था' छैन; तर पनि तिमी मलाई, नभै भा,छैन . (१) न त तिमी , फूल, जुन न त अप्सरा नै; मनबाट झल्को तिम्रो जादै गा' छैन . (२) हासो हो की बोली या त हेराइको पारा; कुन चिजमा मोहनी छ पत्तै ला'छैन . (३ सरलताले परिपूर्ण बेग्लै रुप तिम्रो ; तिमी बाहेक अरुलाई मनले खा'छैन . (४) यता जस्तै मनको हाल उता पनि छ कि सतोसत्य धरोधर्म सोध्नै पा'छैन . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ८, २०७३ साल

Tuesday, December 20, 2016

गजल बहुमतमा छन, बेईमानहरु; अल्पमत छन.कुलमानहरु (१) समस्यै-समस्या छन चारैतिर; सधै गायब छन निदानहरु. (२) थपिदै छन् राष्ट्रद्रोहका दृष्टान्तहरु ; लेंडुपका मानसिक सन्तानहरु. (३) उखाने र बखाने छन नेतागण ; लज्जित भए नेपाली शानहरु. (४) भन्ने गर्छन उनीहरुनै राष्ट्रबादी; वास्तवमा यो देशका शैतानहरु. यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ६, २०७३ साल

Monday, December 19, 2016

गजल सिक्ने कम, सिकाउने धेरै भए ; पठाउने कम, झिकाउने धैरे भए . (२) देशमा दल त कति छन कति, मिल्ने कम, बिझाउने धेरै भए . (३) कपुत र सपुत क-कसलाई भनु, कमाउने कम, उडाउने धेरै भए . (४ कस्को के नीति उनिहरुनै जानुन, देशको पहिचान मेटाउने धेरै भए . यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर पुस ४, २०७३

Sunday, August 28, 2016

गजल एउटै पारा नेताजीको आ-आफ्नै बखान गरे ; एक कदम अघी बढ्दै , कसैले ऊखान गरे । (१) दैशलाई पेवा ठान्ने, यी मत्का ब्यापारीहरु ; देशको लिलामी त, यिनले जानाजान गरे । (२) पुरै देश निचोरेर सुन्तला र कागतीझै; यिनै देशद्रोहीले, सधै रसपान गरे । (३) घुसखोरीको सन्जाललाई राजनितिको नाम दिए ; कामहरु जति गरे सबै , बेईमान गरे । (४) बोल्न लाज मान्नु पर्ने, लाजै छैन बोल्नलाई, बिबादमा आउनु त यिनकालागी शान अरे । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , ललितपुर भाद्र ११ गते, २०७३ साल

Tuesday, June 7, 2016

गजल सबै कालाका बगाललाई, सेता भन्दिए हुन्छ ; निरध्क्क झुठ बोल्नेलाई, नेता भन्दिए हुन्छ । (१) के बाँकी रह्यो र सेवालाई पैसा बनाएपछी; मानवताका कसाईलाई, क्रेता भन्दिए हुन्छ । (२) मुलबाटो ठुलो श्वर भा'का चोरहरुको भयो; गोरेटोतिर सोजालाई त्यता भन्दिए हुन्छ। (३) टिक्नै सकेन जो सत्यको अगाडी कहिल्यै; नेताका चम्चा भए बिजेता, भन्दिए हुन्छ । (४) धन्य छौ द्वेद चरित्रका चटकी मानव तिमी ; नेता हैन तिमीलाई अभिनेता, भन्दिए हुन्छ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर जेठ २४ गते, २०७३ साल

Friday, May 27, 2016

गजल रुची महिला र पुरुषको रहेछ, टिसर्ट र जिन्समा : कम्सेकम पोशाकमा समानता छ, फिलिपिन्समा । (१) कोलाहल छ सबैतिर , पछाडी पारिए महिला भन्दै; सबैतिर महिलाहरुकै अग्रता देखिन्छ, फिलिपिन्मा । (२) बिदेश र बिदेशीप्रतिको मोह बिषबृक्षझै मौलाइको छ ; जे पनि बिदेशीलाई सहज उपलब्ध छ, फिलिपिन्समा । (३) किन पर्यटकहरु यति सारो आकर्षित यो ठाँऊमा ? चुरो कुरो त हजुर अर्कै हुने रहेछ , फिलिपिन्समा । (४) केही हुने रहेनछ राष्ट्रियता हराए पछि समाजमा; कस्तो बिकाशको बान्की देखिन्छ , फलिपिन्समा । रचना: यज्ञ प्रसाद गिरी जेठ १४, २०७३ साल मनिला, फिलिपिन्स